इन्टरन्यासनल क्राइसिस ग्रुपको परिचय
इन्टरन्यासनल क्राइसिस ग्रुप (क्राइसिस ग्रुप) स्वतन्त्र, गैरनाफामुखी गैरसरकारी संस्था हो। पाँचओटै महादेशमा यसका झन्डै 130 कर्मचारीहरू कार्यरत छन्। यस संस्थाले स्थलगत अनुसन्धानमा आधारित विश्लेषण तथा उच्चस्तरमा पैरवी गरेर द्वन्द्व रोक्ने र चर्किएको द्वन्द्व समाधान गर्ने प्रयास गर्दछ।
क्राइसिस ग्रुपको काम गर्ने मुख्य आधार स्थलगत अनुसन्धान हो। द्वन्द्व सुरु हुन सक्ने, बढ्न सक्ने र दोहोरिन सक्ने देशहरू अथवा छेउछाउका देशहरूमा क्राइसिस ग्रुपका राजनीतिक विश्लेषकका टोलीहरू काम गर्दछन्। स्थलगत अनुसन्धानबाट प्राप्त सूचना र मूल्याङ्कनका आधारमा क्राइसिस ग्रुपले प्रमुख अन्तर्राष्ट्रिय निर्णयकर्ताहरूसमक्ष पेस गर्न व्यावहारिक सुझाउसहितको विश्लेषणात्मक प्रतिवेदन तयार पार्छ। क्राइसिस ग्रुपले १२ पृष्ठको क्राइसिस वाच नामको मासिक बुलेटिन पनि प्रकाशन गर्छ। यस बुलेटिनले संसारभरिका द्वन्द्व चलिरहेका र द्वन्द्व हुन सक्ने ठाउँहरूमा के भइरहेछ त्यसबारे ताजा जानकारी गराउँछ।
क्राइसिस ग्रुपले तयार पारेको प्रतिवेदन र सूचना इमेलमार्फत सम्बन्धित सबैलाई वितरण गरिन्छ र त्यसका साथै क्राइसिस ग्रुपको वेबसाइट www. crisisgroup.org मा पनि उपलब्ध गराइन्छ। त्यसबाहेक क्राइसिस ग्रुपले आफ्ना विश्लेषणहरूतर्फ ध्यान आकर्षण गराउन र आफ्ना सुझाउहरूप्रति समर्थन जुटाउन सरकार र सरकारलाई प्रभाव पार्न सक्ने व्यक्ति, सङ्घसंस्था तथा सञ्चार जगत्सँग मिलेर काम गर्छ।
राजनीतिक, कूटनीतिक र व्यापारिक क्षेत्र तथा सञ्चार जगत्का प्रतिष्ठित व्यक्तिहरू रहेको क्राइसिस ग्रुपको बोर्डले क्राइसिस ग्रुपको सुझाउ र प्रतिवेदनलाई संसारभरिकै उच्च तहका नीति-निर्माताहरूसमक्ष पुर्याउन प्रत्यक्ष सहयोग गर्छ। क्राइसिस ग्रुपको सहअध्यक्षमा युरोपेली सङ्घका परराष्ट्र मामिलाका पूर्व आयुक्त क्रिष्टोफर प्याटन र पूर्व अमेरिकी राजदूत टमस पिकरिङ हुनुहुन्छ। सन् 2009 को जुलाईदेखि क्राइसिस ग्रुपको अध्यक्ष तथा कार्यकारी प्रमुखमा लुइस आर्बर रहनुभएको छ। उहाँ राष्ट्रसङ्घीय मानवअधिकारका पूर्व उच्च आयुक्त हुनुहुन्छ र उहाँले पहिलेको युगोस्लोभिया र रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी विशेष अदालतको प्रमुख अभियोक्ता भएर काम गरिसक्नुभएको छ।
क्राइसिस ग्रुपको अन्तर्राष्ट्रिय मुख्यालय ब्रसेल्समा छ। आफ्ना पैरवीसम्बन्धी कामहरूलाई अघि बढाउन यसका कार्यालयहरू वासिङ्टन डीसी (जहाँ यो संस्था दर्ता भएको छ), न्युयोर्क र लन्डनमा रहेका छन्। यसका सम्पर्क कार्यालय मस्को र बेइजिङमा स्थापित गरिएका छन्। हाल सञ्चालनमा रहेका यस संस्थाका नौओटा क्षेत्रीय कार्यालयहरू विस्केक, बोगोटा, डाकार, इस्लामावाद, स्तानबुल, जर्काता, नैरोबी, प्रिस्टिना र तिबलिसीमा छन् र स्थलगत अनुसन्धानका लागि 13 अतिरिक्त स्थानमा कार्यालयहरू (बाकु, ब्याङ्कक, बेरुत, दमास्कस, डिली, जेरुसेलम, काबुल, काठमाडौँ, किन्सासा, पोर्ट-औ-प्रिन्स, प्रिटोरिया, साराएभो र सिओल) मा छन्। क्राइसिस ग्रुपले द्वन्द्वका सम्भावना भएका र द्वन्द्वग्रस्त रहेका चारओटा महादेशका 6० भन्दा बढी क्षेत्रहरू उपर ध्यान दिने गरेको छ। यीमध्ये अफ्रिकामा बुरुन्डी, क्यामरुन, मध्य अफ्रिकी गणतन्त्र, चाद, कोट डे आइभर, प्रजातान्त्रिक गणतन्त्र कंगो, इरिट्रिया, इथियोपिया, गिनी, गिनी-बिसाउ, केन्या, लाइबेरिया, म्याडागास्कर, नाइजेरिया, रुवान्डा, सियरा लिओन, सोमालिया, सुडान, युगान्डा र जिम्बाबे तथा एसियामा अफगानिस्तान, बाङ्लादेश, बर्मा/म्यानमार, इन्डोनेसिया, कश्मीर, कजाखस्तान, कीर्गिजिस्थान, नेपाल, उत्तर कोरिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, ताइवान, ताजिकिस्तान, थाइल्यान्ड, तिमोर-लेस्ते, तुर्केमेनिस्तान र उज्वेकिस्तान तथा युरोपमा अरमेनिया, अजरवैजान, बोस्निया-हर्जगोभिना, साइप्रस, जर्जिया, कोसोभो, म्यासोडोनिया, रसिया (उत्तर ककेसस), सर्विया र टर्की तथा मध्यपूर्वी र उत्तर अफ्रिकामा अल्जेरिया, इजिप्ट, खाडीका मुलुकहरू, इरान, इराक, इजरायल-प्यालेस्टाइन, लेबनान, मोरक्को, साउदी अरब, सिरिया र यमन तथा ल्याटिन अमेरिकामा क्यारेबियन, बोलिभिया, कोलम्बिया, इक्वेडर, ग्वाटेमाला, हाइटी र भेनेजुयला पर्दछन्।
क्राइसिस ग्रुपले सरकार, परोपकारी गुठी र सङ्घसंस्था तथा व्यक्तिगत चन्दादाताहरूबाट आफ्नो कोषमा रकम जुटाँउछ। हाल विभिन्न देशका निम्न सरकारी निकाय एवं संस्थाहरूले रकम उपलब्ध गराउँछन्: अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (एएआईडी), अस्ट्रेलियाको परराष्ट्र तथा वाणिज्य मन्त्रालय, अस्ट्रियाको विकास संस्था, बेल्जियमको परराष्ट्र मन्त्रालय, क्यानेडेली वैदेशिक व्यापार तथा विदेश मामिला विभाग, क्यानेडेली अन्तर्राष्ट्रिय विकास एजेन्सी, क्यानाडेली अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्र, चेक परराष्ट्र मन्त्रालय, हल्यान्डको परराष्ट्र मन्त्रालय, डेनमार्कको परराष्ट्र मन्त्रालय, फिनल्यान्डको परराष्ट्र मन्त्रालय, फ्रान्सको परराष्ट्र मन्त्रालय, जर्मन विदेश विभाग, आयरल्यान्डको आइरिस सहयोग संस्था, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लिख्टेन्स्टाइनको परराष्ट्र मन्त्रालय, लक्जेम्बर्गको परराष्ट्र मन्त्रालय, न्युजिल्यान्ड अन्तर्राष्ट्रिय विकास नियोग, नर्वेको परराष्ट्र मन्त्रालय, स्वीडेनको परराष्ट्र मन्त्रालय, स्वीस सङ्घीय परराष्ट्र विभाग, टर्कीको परराष्ट्र मन्त्रालय, संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालय, अन्तर्राष्ट्रिय विकास विभाग, संयुक्त अधिराज्य बेलायतको आर्थिक तथा सामाजिक अनुसन्धान परिषद् र अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (युएसएड) छन्।
क्राइसिस ग्रुपको सेक्युरिङ दी फ्युचर कोषमा वार्षिक सहयोग तथा अनुदान दिने निजी क्षेत्र र संस्थागत दाताहरू निम्न छन्: Better World Fund, Carnegie Corporation of New York, William & Flora Hewlett Foundation, Humanity United, Hunt Alternatives Fund, Jewish World Watch, Kimsey Foundation, Korea Foundation, John D. & Catherine T. MacArthur Foundation, Open Society Institute, Victor Pinchuk Foundation, Radcliffe Foundation, Sigrid Rausing Trust, Rockefeller Brothers Fund and Viva Trust.
नेपाल: दुइटा सेनाबाट एउटा, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. २११, १८ अगस्ट २०1१
नेपालको लागछोड शान्ति प्रक्रिया , क्राइसिस ग्रुप एसिया ब्रिफिङ नं. १२०, ७ अप्रिल २०११
नेपाल: पहिचानको राजनीति र सङ्घीयता , एसिया रिपोर्ट नं. १९९ – १३ जनवरी २०११
नेपालः शान्ति र न्याय, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १८४, १४ जनवरी २०१०
नेपालको भविष्य कसको हातमा?, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १७३, १३ अगस्ट २००९
नेपालको धर्मराउँदो शान्ति प्रक्रिया, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १६३, १९ फेब्रुअरी २००९
नेपालको नयाँ राजनीतिक परिदृश्य, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १५६, ३ जुलाई २००८
नेपालको चुनाव : शान्तिपूर्ण क्रान्ति?, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १५५, ३ जुलाई २००८
नेपालको चुनाव र त्यसभन्दा पतिर्र, क्राइसिस ग्रुप एसिया ब्रिफिङ नं. १४९, २ अप्रिल २००८
नेपाल : स्थगित शान्ति, क्राइसिस ग्रुप एसिया ब्रिफिङ नं. ७२, १८ डिसेम्बर २००७
नेपालको नाजुक शान्ति प्रक्रिया, क्राइसिस ग्रुप एसिया ब्रिफिङ नं. ६८, २८ सेप्टेम्बर २००७
हिंसाको तापमा तराई, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १३६, ९ जुलाई २००७
नेपालका माओवादी विशुद्धतावादी कि व्यवहारवादी?, एसिया रिपोर्ट नं. १३२, १८ मे २००७
नेपालको संवैधानिक प्रक्रिया, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १२८, २६ फेब्रुअरी २००७
नेपाल : जनशक्तिबाट शान्तिको दिशातर्फ?, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. ११५, १० मे २००६
नेपालका माओवादी : तिनका लक्ष्य, संरचना र रणनीति, क्राइसिस ग्रुप एसिया रिपोर्ट नं. १०४, २७ अक्टोबर २००५
Nepal: Dangerous Plans for Village Militias (in Nepali), Asia Briefing, 17 February 2004