Report 115 / Asia 3 minutes

नेपाल : जनशक्तिबाट शान्तिको दिशातर्फ?

  • Share
  • Save
  • Print
  • Download PDF

सारसङ्क्षेप

२४ अप्रिल २००६ मा राजा ज्ञानेन्द्रले जनआन्दोलनसामु आत्मसमर्पण गर्नु नेपालको लोकतन्त्रको विजयको सङ्केत हो भने नयाँ सरकार र माओवादीहरूबीच युद्धविराम हुनु गम्भीर शान्ति प्रक्रियाको थालनी। “जनआन्दोलनको भावना” लाई मान्न बाध्य हुँदै ज्ञानेन्द्रले जनताको सार्वभौमसत्ता स्वीकार गरे, संसदको पुनःस्थापना गरे र मूलधारका सात दलहरूको गठबन्धनलाई आफ्नो मार्गचित्र लागू गर्न आमन्त्रण गरे। उक्त मार्गचित्रअन्तर्गत दलहरूद्वारा माओवादीसँग पाँच महिनाअघि गरिएको सम्झौताअनुरूप संविधानको पुनर्लेखन गर्नका लागि संविधानसभाको निर्वाचन गर्ने कुरासमेत उल्लेख छ। अन्तर्राष्ट्रिय समुदायले दलहरूलाई राजासँग बेकामे सम्झौता गर्न दबाब दिने प्रयास गरेर आफ्नो विश्वसनीयता गुमायो र अब विगतका यस्ता गल्तीहरूबाट जोगिदै कठिन सङ्क्रमण र शान्ति प्रक्रियालाई सघाउ पुर्‍याउन उसले कडा मिहेनत गर्नुपर्दछ।

लोकतान्त्रिक आन्दोलन चारओटा मोर्चामा नेपाली जनताको विजय थियो :

  • राजामाथि। अप्रिल महिनामा हप्तौँसम्म भएका विरोध प्रदर्शन र हडतालहरूका क्रममा नेपालको राजनीतिक परिदृश्यमा परिवर्तनहरू देखा परे। राजा र उनको प्रत्यक्ष शासनप्रति लामो समयदेखि व्यापक असन्तोष रहिआएको थियो। राजाले जनभावनाको गलत मूल्याङ्कन गरी २१ अप्रिलका दिन अघि सारेको प्रस्ताव विरुद्ध कर्फ्युको आम अवज्ञाका साथ गरिएको विरोध प्रदर्शन निर्णायक जनफैसला थियो जसले गर्दा आफ्नो मातहतमा शाही सुरक्षा फौजको विशाल पङ्क्ति हुँदाहुँदै पनि आत्मसमर्पण गर्नुबाहेक राजासँग कुनै विकल्प रहेन।
     
  • दलहरूमाथि। सरकारमा छँदा दलहरूले खेलेको मिश्रित भूमिकाको अभिलेख र तिनले राजासँग मुलुकको अत्युत्तम हित विपरीत कुनै अनुचित सम्झौता गर्लान् कि भन्ने डरले गर्दा जनतामा दलहरूप्रति आशङ्का थियो। तथापि निरन्तर दबाब दिने हो भने दलहरूले जनभावनाअनुरूप प्रतिनिधिमूलक राजनीतिक नेतृत्व प्रदान गर्लान् भन्ने आशा धेरै मानिसहरूमा थियो। यो एउटा त्यस्तो तरिका हो जसबाट अहिलेसम्म ठोस नतिजाहरू प्राप्त भएका छन्।
     
  • माओवादीहरूमाथि। जनआन्दोलनको सफलतामा माओवादीहरूको समर्थनको महत्त्वपूर्ण भूमिका रहेको छ। यद्यपि मूलधारका लोकतन्त्रवादीहरू यस कुरालाई स्वीकार गर्न आनाकानी गरिरहेका छन्। तर विद्रोहीहरूले प्रत्यक्ष रूपबाट आग्रह गर्दागर्दै पनि जनता ग्रामीण क्षेत्रमा समेत माओवादी झन्डामुनि गोलबद्ध भएनन्। धेरै मानिसहरूले माओवादी कार्यसूचीका तत्त्वहरूलाई स्वीकार त गरे तर माओवादीद्वारा गरिएको क्रान्तिकारी विद्रोहको आह्वानलाई नटेरेर तिनले जनशक्ति विद्रोहीहरूका साथै दरबार र दलहरूका कार्यहरूमाथिको अवरोध हो भन्ने कडा सङ्केत दिए।
     
  • अन्तर्राष्ट्रिय समुदायमाथि। नेपालमा बाह्य शक्तिहरूको विशेष प्रभाव रहँदै आएको छ। क्षेत्रीय महाशक्तिका बीचमा अवस्थित हुनाले र लामो समयदेखि वैदेशिक सहयोगमाथि निर्भर रहनाले नेपालका नेताहरू र जनताले सङ्कट आइलाग्दा प्रायः बाहिरियाहरूका मुख ताक्ने गरेका हुन्। यसपालि संयुक्त राज्य अमेरिका र कतिपय युरोपेली शक्तिहरूले लोकतान्त्रिक आन्दोलनको वातावरण सिर्जना गर्न सघाउ नपुर्‍याएका होइनन् तर सङ्कटको अन्त्य गर्न अलोकप्रिय समाधान प्रस्तुत गर्न दबाब दिने लक्षण देखिएपछि भने नेपाली जनताले त्यसलाई ठाडै अस्वीकार गरे।

दल वा माओवादीको सङ्गठित कारबाहीले नभएर व्यापक जनताको कारबाहीले नै अन्त्यमा राजालाई झुक्न बाध्य तुल्याएको तथ्यले जनतालाई नेपालको राजनीतिको केन्द्रमा तिनको हैसियतअनुसार सुहाउँदिलो ठाउँमा राखिदिएको छ। यसरी नेपाली जनता प्रमुख राजनीतिक खेलाडीहरूबाट हुन सक्ने दुर्व्यवहारमाथि शक्तिशाली अङ्कुश लगाउन सक्ने अवस्थामा पुगेका छन्। विरोध प्रदर्शनहरूलाई रोक्ने समन्वित अन्तर्राष्ट्रिय अभियानसामु नेपाली जनता यो कार्य गर्न समर्थ हुनुको अर्थ के हो भने अब तिनले बाहिरियाहरूका मुख ताक्नु जरुरी छैन। यो जनताले आफ्नै बलबुताले प्राप्त गरेको विजय हो। जनताले दलहरूलाई खराब सरसल्लाहका रूपमा अघि सारिने बाह्य दबाब विरुद्ध दृढतासाथ उभिन सफलतासाथ प्रोत्साहित गरेको तथ्यले सच्चा राष्ट्रिय स्वामित्व र शान्ति प्रक्रियाको दिशा तथा संवैधानिक सुधारलाई संवर्द्धन गर्न सकिने कुराको शुभ सङ्केत दिएको छ।

जनआन्दोलनले नोभेम्बर २००५ मा दलहरूद्वारा माओवादीहरूसँग गरिएको बाह्रबुँदे समझदारीलाई सही साबित गरिदियो। यो सहमतिबिना आन्दोलन कदापि सम्भव हुने थिएन। साथै जनआन्दोलनले माओवादी विरुद्ध लड्ने एकमात्र बाटो राजदरबार र दलहरूबीचको मेलमिलाप हो भन्ने प्रस्थापनालाई पनि निर्णायक रूपले इन्कार गरिदियो। दलहरू र माओवादीहरूले आफ्नो संयुक्त शान्ति योजनाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गर्नु उत्साहजनक कुरा हो। बाह्रबुँदे समझदारीमा ठोस आत्महित अन्तर्निहित छ यद्यपि यसको सुनिश्चितता भने छैन। तथापि यो समझदारीलाई सफलतापूर्वक कार्यान्वयन गर्ने कार्य अझै पनि दुवै पक्षका लागि अत्यन्तै आकर्षक विकल्पका रूपमा रहेको छ।

सरकारमा छँदा र अघिल्लो चरणमा शाही शासन विरुद्ध आधा मनले सञ्चालन गरिएको “प्रतिगमन विरोधी” अभियानको नेतृत्व गर्ने क्रममा जनविश्वास गुमाएर निकै नै बदख्वाइँ गरिएका नेपालका राजनीतिक दलहरूले फेरि निकै हदसम्म जनविश्वास आर्जन गरेका छन्। तर नयाँ सरकार गठन गर्ने क्रमको सुरुमा मन्त्रालयका पदहरूको बाँडफाँडको प्रश्नमा कचिङ्गल गर्दै उक्त प्रक्रियालाई ढिलो गराउने कार्यकलापहरू भने न्यून प्रेरणादायी थिए। अप्रिल ३० मा शपथग्रहण गरेका ८४ वर्षीय वृद्ध प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकार द्वन्द्वलाई अन्त्य गर्ने विद्यमान मार्गचित्रको अनुसरण गर्नुबाहेक कार्य गर्ने सीमित वैधता भएको अन्तरिम शासन व्यवस्था मात्र हो। यसका सामु तत्काल सामना गर्नुपर्ने चुनौतीहरू चारओटा छन् :

  • शान्ति प्रक्रियालाई सही गोरेटोमा डोर्‍याउनु;
     
  • राजालाई काबुमा राख्नु र सेनामाथि नियन्त्रण कायम गर्नु;
     
  • संवैधानिक परिवर्तनका लागि योजना बनाउनु; र
     
  • सङ्क्रमणकालीन न्याय व्यवस्थासम्बन्धी जनचाहनालाई सम्बोधन गर्नु।

विद्यमान नाजुक वातावरणमा यी चुनौतीहरूको हल गर्ने क्रममा नेपाल सरकारलाई मद्दत दिएर अन्तर्राष्ट्रिय समुदायले नेपालमा गुमाएको आदरभाव पुनः आर्जन गर्न सक्छ। देश अझै साबिक रूपमा कार्य सञ्चालन गर्ने अवस्थामा फर्केको छैन। त्यसैले दातृ संस्थाहरूले जनशक्तिबाट शान्तितर्फको कठिन सङ्क्रमणको प्रक्रियाको रक्षा गर्न आफूले खेल्नुपर्ने भूमिका बुझ्नु जरुरी छ।

काठमाडौँ/ब्रसेल्स, १0 मे २००6

Executive Summary

King Gyanendra’s capitulation on 24 April 2006 in the face of a mass movement marked a victory for democracy in Nepal and, with a ceasefire between the new government and the Maoists now in place, the start of a serious peace process. Forced to acknowledge the “spirit of the people’s movement”, Gyanendra accepted popular sovereignty, reinstated parliament and invited the mainstream seven-party alliance to implement its roadmap – including election of a constituent assembly to rewrite the constitution in line with the parties’ five-month-old agreement with the Maoists. The international community lost credibility by attempting to pressure the parties into an unworkable compromise with the king and must now work hard to support a difficult transition and peace process while avoiding similar mistakes.

The pro-democracy movement was a victory for the Nepali people on four fronts:

  • Over the king. Nepal witnessed changes in mood during the several weeks of protests and strikes in April but there had long been widespread discontent with the king and his direct rule. The mass defiance of curfews to march against the monarchy following the king’s misjudged first offer on 21 April was a decisive popular verdict which – even in the face of the massed ranks of loyal security forces – left the king with no option but surrender.
     
  • Over the parties. People remained suspicious of the parties, both on the basis of their mixed record in government and their perceived willingness to do a deal with the king against the country’s best interests. Nevertheless, most hoped sustained pressure would force the parties to provide representative political leadership in tune with public sentiment – an approach that has so far yielded concrete results.
     
  • Over the Maoists. Maoist support, much as mainstream democrats are loath to admit it, was crucial to the movement’s success. But people did not rally under the Maoist flag, even in rural areas where the insurgents had directly urged their participation. While most endorsed elements of the Maoist agenda they did not heed calls for a revolutionary insurrection and sent a strong signal that people power is a constraint on the actions of the rebels as well as the palace and parties.
     
  • Over the international community. Nepal is particularly exposed to external influence. Sandwiched between regional superpowers and long dependent on foreign aid, its leaders and people have often looked to outsiders at times of crisis. This time India, the U.S. and some European powers did help to create the environment for a democracy movement but were brushed off when they appeared to press for an unpopular solution to end the crisis.

The fact that the people at large, rather than purely party- or Maoist-organised action, forced the king’s final climb down puts them in their rightful place at the centre of Nepal’s politics and acts as a powerful constraint on misbehaviour by the major players. That they did so in the face of a coordinated international campaign to halt the protests means they need not be beholden to outside forces – this was a victory they won for themselves. That they successfully encouraged the parties to stand firm against the ill-advised external pressure bodes well for fostering genuine national ownership and direction of a peace process and constitutional reform.

The people’s movement vindicated the parties’ November 2005 twelve-point agreement with the Maoists, without which the movement would never have been possible. It also conclusively rejected the proposition that reconciliation between the palace and the parties to fight the Maoists was the only way forward. Encouragingly, the parties and the Maoists have reaffirmed their commitment to their joint peace plan. Solid self-interest underlies the twelve-point agreement; though there is no guarantee, implementing it successfully is still the most attractive option for both sides.

Nepal’s much maligned political parties have recovered much of the popular credit they had squandered while in office and while leading the earlier half-hearted “anti-regression” campaign against royal rule. However, the initial moves to form the new government were less inspiring, with squabbling over the allocation of ministerial portfolios delaying the process. The government of 84-year old Prime Minister Girija Prasad Koirala, who was sworn in on 30 April, is only an interim administration, with limited legitimacy to act in areas other than pursuing the existing roadmap for ending the conflict. It faces four immediate challenges:

  • keeping the peace process on track;
     
  • containing the king and controlling the army;
     
  • planning for constitutional change; and
     
  • responding to calls for transitional justice.

The international community will win back respect in Nepal if it helps the government as it tackles these challenges in an environment which remains precarious. The country is not yet back to business as usual. Donors must understand that their role should be to safeguard the difficult transition from people power to peace.

Kathmandu/Brussels, 10 May 2006

Subscribe to Crisis Group’s Email Updates

Receive the best source of conflict analysis right in your inbox.