Report 233 / Asia 27 August 2012 4 minutes नेपालको संविधान (१): क्रान्ति होइन क्रमिक विकास Share Facebook Twitter Email Linkedin Whatsapp Save Print Download PDF Also available in English Nepali English सारसङ्क्षेप नेपालको शान्ति प्रक्रिया नयाँ संविधानसँगै टुङ्गिनुपर्ने थियो। तर चार वर्षको रगडा र विलम्बपछि पनि मुलुकका मुख्य राजनीतिक पार्टीहरू सङ्घीयताबारे सहमत हुन सकेनन्। सङ्घीयता ठूलो जमातको मुख्य माग रहँदै आएको छ। २७ मे २०१२ का दिन संसदको समेत भूमिका खेल्दै आएको संविधानसभाको म्याद नयाँ सविधान नआउँदै सकियो। पार्टीहरूले अब नयाँ संविधानसभाको चुनाव गर्ने हो वा पुरानै संविधानसभालाई बिउँताउने हो त्यसको निधो गर्नुपर्छ। तर यो काम त्यति सजिलो छैन। सङ्घीयताउपरको अलचिलो अडान, सहमतीय सरकारउपरको खिचातानी, बदलिँदो राजनीतिक परिदृश्य र साम्प्रदायिक ध्रुवीकरणका कारण अब गरिने छलफल र वार्ताहरू जटिल हुनेछन्, खासगरी विधायिका नभएको अहिलेको खतरनाक अवस्थामा। पार्टीहरूले चुक कहाँ भयो भनेर हिसाबकिताब गर्नैपर्छ र छलफल तथा सम्झौतावार्ताका आधार एवं शैलीलाई पनि फेर्नुपर्छ। त्यसो नगरेमा राजनीतिक वृत्तमा अन्य पक्षको अडान कठोर बन्दै जानेछ। वार्ता र निर्णय प्रक्रिया पारदर्शी तथा समावेशी हुनुपर्छ अनि नेताहरू झनै बढी जवाफदेही हुनुपर्छ। जनतालाई पूर्ण सुसूचित राखिनुपर्छ। यी सबै काम हुन सकेको अवस्थामा पनि अहिले उत्पन्न गहिरो सामाजिक खाडल पुरिन नसक्ला, तर त्यसबाट अतिवादी र उत्तेजना फैल्याउनेहरूको ठाउँ भने पक्कै कम हुनेछ। नयाँ संविधान नबनेसम्म नेपाल सन् २००७ को अन्तरिम संविधान तथा सन् २००६ को बृहत् शान्ति सम्झौताबाटै निर्देशित रहनेछ। ती दुई दस्तावेजमा जरो गाडेर बसेको असमानता (जो बहुधा पहिचानमा आधारित भेदभावका कारण उत्पन्न हुने गर्छ) लाई हटाउनका लागि राज्यको पुनर्संरचना गरिनुपर्नेमा जोड दिइएको छ। तर सङ्घीयता भनेको कोटा र अधिकारको हस्तान्तरण मात्र होइन। आफ्नो संस्कृति, इतिहास वा भाषालाई राज्यपोषित एकात्मक नेपाली पहिचानले पाखा लगाएको महसुस गर्ने समूहहरूका लागि सङ्घीयता उनीहरूको आत्मसम्मान र मान्यताको कुरा पनि हो। उच्च वर्ग र पहाडे माथ्लो जातका मानिसहरू तथा ऐतिहासिक रूपमा तिरस्कृत भनेर चिनिएका जातीय समुदायहरू एकअर्काप्रति आँखा तर्ने अवस्था सृजना भएको छ। यो विभाजन पार्टीगत राजनीतिमा स्पष्ट देखिन्छ। नेपालका परम्परागत पार्टीहरूमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) वा एमाले हुन्, जसले सन् २००८ मा सम्पन्न संविधानसभाको चुनावमा क्रमश: दोस्रो र तेस्रो ठूला पार्टीको स्थान ओगटेका थिए। अहिले यी दुवै पार्टी प्रतिपक्षमा छन् र सङ्घीय संरचनामा पहिचानको अवधारणालाई स्वीकार्न मानिरहेका छैनन्। नयाँ सङ्घीयता र पहिचानको राजनीति विरोधी उच्च जात तथा वर्गको समर्थनबाट उनीहरू प्रोत्साहित भइरहेका छन्। गठबन्धन सरकारमा रहेका माओवादी पार्टी र तराईका मधेसी जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने विभिन्न पार्टीहरू मिलेर बनेको मधेसी मोर्चा संविधानसभाको चुनावबाट सबभन्दा ठूलो र चौथो पार्टीका रूपमा चुनिएका थिए। उनीहरूले अन्तरपार्टी जनजाति सभासदहरूको समूहसित मिलेर अनि सामाजिक आन्दोलनहरूसित पनि जोडिएर सङ्घीयताको पक्षमा बलियो गठबन्धन बनाएका थिए। उनीहरूको भनाइमा कार्यसूची बहुमतले तय गर्दछ र उनीहरूसित त्यो बहुमत छ। सार्वजनिक छलफल “जातीय राज्यहरू” स्थापना गर्नु हुन्छ हुँदैन भन्नेबारे केन्द्रित भएका छन्। सङ्घीयताप्रति शङ्काभाव राख्नेहरू जातीय आधारमा बन्ने राज्यलाई “एकल जातीय एकाइ” भन्ने गर्छन् र त्यस्तो एकाइमा बहुसङ्ख्यामा रहेका बाहेक अन्य समूहको कुनै हैसियत नरहने तर्क अघि सार्छन्। तर संविधानसभामा भएका छलफलहरूबाट कुनै पनि राज्यमा कुनै एउटा समूहको पूर्ण बहुमत नहुने प्रस्ट भइसकेको छ। नेपालको विशिष्ट जातीय विविधताका कारण यस्तो हुनु सम्भव नै छैन। जनजातिको बाहुल्य रहेका राज्यहरूमा उनीहरूको राजनीतिक अग्राधिकार हुनुपर्छ भन्ने माग दुई वर्षअघि नै हराइसकेको छ। तैपनि मधेसी, जनजाति र माओवादीहरू राज्यको सङ्ख्या तोक्दा र तिनका नामाङ्कन र सीमाङ्कन गर्दा जनसाङ्ख्यिक हिसाबले र चुनावकै दृष्टिले पनि आफूलाई फाइदा होस् भन्ने चाहना राख्छन्। मधेसी पार्टीहरू भने राज्यका निकायहरूलाई समावेशी बनाउनुपर्नेमा पनि जोड दिइरहेछन्। संविधानसभाको अवसान नयाँ र पुराना सबै पार्टीका नेताहरूले गुपचुप तरिकाले माथ्लो तहमा निर्णय लिने काम गरेबाट भयो। उनीहरूले आफ्नै पार्टीका सदस्यहरूको पनि वास्ता गरेनन् र विवादको विषय के हो त्यसलाई सार्वजनिक तवरमा बुझाउने प्रयास पनि गरेनन्। त्यसको साटो अतिवादी कुरा गरेर त्रास बढाउने काम मात्रै गरे। शान्ति प्रक्रियाको पूरै अवधिमा संविधान वा माओवादी सेना जस्ता गाँठी विषयहरू सरकार बनाउन गरिने सौदाबाजीका सिकार बन्न गए, मूल मुद्दाहरूलाई सत्ता बाँडफाँडका विषयसित मिसमास पार्ने काम भयो। शान्ति प्रक्रिया धेरै हदसम्म पार्टीहरूबीच सहमति कायम रहनुपर्छ भन्ने थाकिसकेको विचारमा आधारित थियो। संविधान नबनेसम्म बृहत्तर समर्थन सुनिश्चित गर्नलाई सबै ठूला निर्णयमा ठूला पार्टीहरूको सहमति हुनुपर्ने थियो। यसले गर्दा कहिलेकाहीँ स्थिति हातबाहिर जानबाट रोकिएको छ, तर यसबाट लोकतान्त्रिक सहभागिताको अवमूल्यन पनि हुन पुगेको छ। महत्त्वपूर्ण विषयहरूउपर संविधानसभामा छलफल नचलाई टाउके नेताहरूले आपस्तमा बसेर शान्ति प्रक्रिया जोगाउने नाउँमा आफ्ना निजी भविष्यलाई दृष्टिगत गरेर वा सरकारमा भाग पाउने हिसाबले अपूर्ण र अव्यावहारिक लेनदेन गरेका छन्। पार्टीभित्रको गहिरो असन्तुष्टिलाई पनि छोपछाप पारियो। यस प्रकारको प्रवृतिलाई दातृ निकायका गतिविधिबाट पनि नजानिँदो किसिमले सहयोग पुग्न गएको छ। सन् २००८ को चुनावमा कुनै एक पार्टीले पूर्ण बहुमत ल्याउन नसकेको हुनाले अस्थिर गठबन्धनको राजनीतिले प्रश्रय पायो र पार्टीहरूले सरकार गठनको कार्यलाई मात्र नभई संवैधानिक मुद्दाहरूलाई पनि किचोलामा पारे। सङ्घीयताबारे चर्को ध्रुवीकरण भएकाले गर्दा २७ मे २०१२ का दिन जुनसुकै खालको संविधान आएको भए तापनि त्यसले हिंसात्मक प्रतिवाद निम्त्याउन सक्ने थियो। अहिले स्थिति शान्त छ, तर निहुँ बाँकी नै छ। अगाडि कसरी बढ्ने त्यसबारे सहमति हुन सकेको छैन र सङ्घीयता सम्बन्धमा न्यूनतम साझा समझदारीको पनि अभाव छ। संविधानसभाको म्याद सकिनासाथ नेपालले विधायिका पनि गुमायो। निर्वाचित संसद नहुनु र त्यसमाथि सरकार र प्रतिपक्षी पार्टीहरूमा विश्वासको सङ्कट रहनु स्थिरताका लागि राम्रो कुरा होइन। सबै पार्टीहरूका लागि संविधान लेखन कार्यको पुनराम्भ कसरी गर्ने भन्ने कुरा गठबन्धन सरकार र चुनावको जोडघटाउसित अविभाज्य तवरले गाँसिएको छ। हुन पनि संविधानसभाको अन्त्य भएपछि पार्टीहरूमाझ भएका छलफलहरू सरकार किन, कहिले र कसरी फेरिने हो भन्ने विषयको वरिपरि नै घुमिरहेका छन्। सरकारलाई चुनौती दिनका लागि प्रतिपक्षले आलङ्कारिक पदका राष्ट्रपतिको टेको खोजेको खण्डमा संवैधानिक सङ्कट आउन सक्छ। अहिले राजनीतिक सन्दर्भ बदलिरहेको छ; पार्टीहरू नयाँ कार्यसूची तथा गठबन्धनको खोजीमा छन् र नयाँ-नयाँ पात्रहरू देखा परिरहेका छन्। पार्टीहरूमा चर्को मतभिन्नता विद्यमान छ (माओवादीहरू त फुटी नै सके) र गठबन्धनहरूमा पनि अन्तरविरोध बढिरहेको छ। पहिचानमा आधारित तर मलुवा खालको चाहनालाई समेत पूरा नगर्ने हो भने ध्रुवीकरणले झनै उग्र रूप लिनेछ र मर्कामा पर्ने डर भएका समूहहरूको त्रास निवारण नगर्ने हो भने पनि नतिजा त्यही हुनेछ। विवाद के कुरामा परेको हो त्यो बुझाउनाले त्यसबारे प्रस्टता त आउँछ, तर समस्याको समाधान भने भइहाल्दैन। चुनावमा जाने वा संविधानसभालाई नै बिउँताउने जे निर्णय गरे पनि पार्टीहरूले सबैलाई मान्य हुने मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्छ। त्यसका लागि उनीहरूले पहिले गरिसकेका कामको सुरलाई समातेर नै अघि बढ्नुपर्ने हुन्छ। सत्ता साझेदारीबारे उनीहरूले आपस्तमा ग्यारेन्टीका साथ कुरा मिलाउनुपर्ने हुन्छ। चुनावले अहिलेको गाँठालाई फुकाल्न सघाउँछ, तर चुनाव यथार्थमा सङ्घीयताउपरको जनमत सङ्ग्रहसरह हुनेछ र हिंसाको सम्भावना पनि टड्कारो छ। कम्तीमा अहिले नेपाली राजनीतिमा राजनीतिक मुद्दाले महत्त्व पाएको छ। मूलधारका पार्टीहरूले मुलुकको जातीय जटिलताप्रति राम्रोसित विचार पुर्याउनुपर्ने अवस्था छ । किनभने राजनीतिक र सामाजिक शक्ति सन्तुलनको अवस्था पनि कुनै एउटा पार्टीले एउटा पूरै समूहको भोट पाउन सक्ने खालको छैन। काठमाडौं/ब्रसेल्स २७ अगस्ट २०१२ Download pdf to continue reading the full report Executive Summary Nepal’s peace process was to end with a new constitution. Yet, after four years of delays and disputes, the country’s main political parties were unable to agree on federalism, a core demand of large constituencies. On 27 May 2012, the term of the Constituent Assembly, which also served as parliament, ended without the new constitution being completed. The parties must now decide what to do next: hold an election for a new assembly or revive the last one. This will be hard. Obduracy on federalism, bickering over a unity government, a changing political landscape and communal polarisation make for complex negotiations, amid a dangerous legislative vacuum. The parties must assess what went wrong and significantly revise the composition and design of negotiations, or risk positions hardening across the political spectrum. Talks and decision-making need to be transparent and inclusive, and leaders more accountable. The public needs much better information. None of this will necessarily mend the deep social rifts, but it would reduce space for extremists and provocateurs. Until there is a new constitution, Nepal is guided by the 2007 Interim Constitution and the 2006 Comprehensive Peace Agreement (CPA), which provides for the state to be restructured to address entrenched inequalities, often rooted in discrimination based on identity. But federalism is not only about devolution or quotas. For groups that feel their culture, history or language have been sidelined by a unitary state-sponsored Nepali identity, it is also about dignity and recognition. A standoff has emerged between upper class and dominant hill-origin upper-caste populations on the one hand, and ethnic communities often described as historically marginalised on the other. These divisions map clearly on to party politics. The traditional parties are the Nepali Congress and the Communist Party of Nepal (Unified Marxist-Leninist), commonly known as UML, which emerged as the second and third largest parties in the 2008 elections to the Constituent Assembly. These parties, currently in the opposition, are sceptical about acknowledging identity in a federal model. They have been encouraged by an upper-class, upper-caste backlash against the new pro-federal and pro-identity politics order. The two main forces in the ruling coalition, the Maoist party and the Madhesi Morcha, a front of parties representing Madhesi populations of the southern Tarai belt, were the largest and fourth largest in the assembly, respectively. They coalesced with a cross-party caucus of assembly members from janajati groups (the numerous ethnic groups outside the Hindu caste system who claim distinct languages, cultures and sometimes historical homelands) into a powerful pro-federalism alliance, with connections to social movements. They say the agenda should be set by the majority, namely themselves. Public discussions have focused on whether “ethnic states” should be established. Sceptics of federalism sometimes define these as mono-ethnic entities where populations other than the majority ethnicity would be unwelcome. Yet discussions in the assembly made it clear that no group would enjoy a majority in any state. Nepal’s extraordinary ethnic diversity simply does not allow this. Demands for preferential political rights to be granted to the dominant ethnic groups in each state were ceded two years ago. Madhesi, janajati and Maoist actors do, however, care about how many states there will be, naming rights, and boundaries that give them a slight demographic and possibly electoral edge. Madhesi parties also focus on inclusion in state institutions. The assembly ended because leaders of all parties, new and old alike, made secretive, top-down decisions. They were dismissive of their own members and never explained the issues at stake to the public, relying instead on fear-mongering and extreme rhetoric. Throughout the peace process, decisions on the main points, whether the constitution or the former Maoist army, have been hostage to bargains on government formation, enmeshing power sharing with substantive issues. The peace process has relied extensively on a tired idea of consensus between the parties. Until the constitution was completed, the main parties were to agree on all major decisions to ensure broad buy-in. This sometimes prevented the worst case scenario, but it also devalued democratic participation. Instead of discussions in the assembly on real issues, senior leaders cobbled together inadequate or unrealistic deals purportedly to save the peace process, but often about their personal futures or getting a share of government. Deep disagreements between the parties were papered over. Donor activity has sometimes unwittingly supported this tendency. As no single party won an absolute majority in the 2008 elections, the contingencies of unstable coalition politics allowed the parties to throw government formation into the fray with constitutional issues. The deep polarisation over federalism meant that on 27 May 2012, any constitution could have elicited violent protests. The situation has calmed, but triggers remain. There is no agreement on the way forward and no minimum common understanding of federalism. When the assembly ended, Nepal also lost its legislature. The absence of an elected parliament, coupled with the high trust deficit between the government and opposition parties, bodes ill for stability. For all the parties, deciding on how to resume constitution writing is inextricably linked to government coalitions and electoral calculations. Indeed, the discussion between the parties since the assembly ended has been dominated by questions of whether, when and how the government will change. A broader constitutional crisis looms if the opposition leans on the largely ceremonial president to challenge the government. The political context is shifting; parties are trying out new agendas and alliances and new actors are emerging. Divisions are rife within the parties – the Maoists have already split – and contradictions run deep in the alliances. Denying moderate identity-based claims makes the polarisation worse and risks stoking communal tensions, as does dismissing the fears of groups that feel they will lose out. Explaining the debate will clarify it, but resolve little. Parties need to present a roadmap with broad buy-in before either going to elections or bringing back the assembly. For this, they can build on the work already done. Between themselves, they need guarantees on power sharing. Elections now could help clarify the context, but they will in effect be a referendum on federalism and risks of violence are real. For once, issues matter in Nepali politics. Mainstream parties are best positioned to reflect the country’s ethnic complexity, especially as the balance of political and social power is such that no single party will capture the votes of an entire group. Kathmandu/Brussels, 27 August 2012 Related Tags More for you Op-Ed / Asia Oli’s Power Grab Endangers Nepal’s Fragile Democratic Transition Report / Asia Nepal’s Divisive New Constitution: An Existential Crisis