Briefing 68 / Asia 28 September 2007 3 minutes नेपालको नाजुक शान्ति प्रक्रिया Share Facebook Twitter Email Linkedin Whatsapp Save Print Download PDF Also available in English Nepali English सिंहावलोकन माओवादीले १८ सेप्टेम्बरमा सरकार छाड्नाले र मूलधारका पार्टीहरूले लचकता नदेखाउनाले २२ नोभेम्बरमा हुने भनिएको संविधानसभाको निर्वाचन खतरामा परेको छ। माओवादीलाई सरकारमा फर्काउनेबारे सम्झौता हुन सक्ने सम्भावना नभएको होइन, तर अहिले देखिएको तनावले कमजोर राजनीतिक इच्छाशक्ति, सुरक्षा र सुव्यवस्थाको दयनीय स्थिति, सीमान्तीकृत समूहले प्रतिनिधित्वका लागि उठाउँदै आएका आवाज जस्ता पहिल्यैदेखि रहँदै आएका समस्याहरूलाई झनै बल्झाउने काम गरेको छ। माओवादीहरूले सरकारबाहिरै रहेर पनि चुनावमा भाग लिन सक्नेछन्, तर उनीहरूको सहभागिताबिनाको चुनाव निरर्थक हुनेछ। अनि उनीहरूले यस प्रक्रियाको विरोध गर्न चाहेमा मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न नसकिने अवस्था सृजना गर्न सक्ने क्षमता उनीहरूमा अझै छ। सन् २००६ मा सम्पन्न शान्ति सम्झौताअनुरूप सुरक्षा क्षेत्रमा सुधार गर्ने काम अझै भइसकेको छैन। त्यसैगरी पहिले भएका सम्झौताहरूलाई कार्यान्वयन गर्ने र सो भए नभएको हेर्ने काम पनि उति साह्रो हुन सकेको छैन। यस प्रक्रियालाई अघि बढाउने मुख्य जिम्मेवारी मूलधारका पार्टीहरूको हो। दिगो शान्ति स्थापना गर्नलाई उनीहरूले सुझबुझ तथा प्रतिबद्धता देखाउनुपर्छ र आफ्ना व्यवहारलाई पनि सच्याउनुपर्छ। राजनीतिक पार्टीहरूले निर्वाचनको महत्त्वमा जोड दिन थालेका छन् र धेरै पार्टीहरूले जुन प्रतिबद्धता प्रदर्शन गरेका छन् त्यसबाट बाटो बिराएझैँ देखिएको शान्ति प्रक्रियाले गति पाएको छ। तर त्यसका साथै पहिले निर्धक्क रहेका माओवादीहरू मतदाताहरूको सामना गर्नबाट हच्किएका देखिन्छन्। निर्वाचनप्रतिको प्रतिबद्धतालाई देशव्यापी रूपमा प्रचार गर्न सकेमा त्यसले जनतामा विश्वास बढाउँछ र चुनाव बिथोल्न चाहनेहरूले चलखेल गर्न पाउनेछैनन्। शान्ति प्रक्रियाका विरोधीहरू, खासगरी गणतन्त्र उपर बढ्दै गरेको सहमतिबाट तर्सिएका राजावादीहरू यस प्रक्रियालाई भताभुङ्ग पार्न उद्धत छन्, तर मुख्य पार्टीहरू कमजोर र विभाजित नभएसम्म उनीहरूको केही जोड चल्नेछैन। धेरै सशस्त्र समूहहरूले चुनाव बिथोल्ने सङ्कल्प गरेका छन्। पहिलेका प्रतिकार समूहका एक जना मुखियाको सेप्टेम्बर महिनाको मध्यतिर भएको हत्यापछि मच्चिएको साम्प्रदायिक हिंसामा १४ जना जतिको ज्यान गयो। त्यस घटनाले यस्तो खिरिलो अवस्था कसरी सजिलैसित खतरनाक अशान्तिमा बदलिन सक्छ भन्ने देखाएको छ। हिंसा अझै भड्केमा त्यसले झनै सङ्कट निम्त्याउँछ। यस्ता किसिमका उपद्रवहरूलाई जन्माउने कारण शासन व्यवस्थाका असफलता र त्यसले उब्जाएका सिकायतहरू हुन्। ती समस्याहरूलाई तुरुन्तै समाधान गर्न खँदिला कदम चाल्नेतर्फ ठूला पार्टीहरू सहमत हुन सकेमा मात्रै चुनाव पर सार्नाले यस्ता खतराहरू घटेर जानेछन्। तर त्यसो गर्न नसकेमा चुनाव ढिलो गर्ने कामले समाधान पहिल्याउन झनै गाह्रो हुनेछ तथा एकअर्कालाई आरोप प्रत्यारोप गर्ने र दोषी ठहर्याउने निरर्थक कार्यले मात्र प्रश्रय पाउनेछ। नोभेम्बर २००६ को बृहत् शान्ति सम्झौता त्यसको नाम जस्तो बृहत् ठहरिएन र त्यसको कार्यान्वयन तथा अनुगमन पनि सीमित प्रकृतिको रह्यो। माओवादीहरूको असन्तुष्टि आंशिक रूपमा उनीहरूका आफ्ना अतिशय अपेक्षाका परिणाम हुन्, तर सम्बन्धित सबै पक्षबाट आठ पार्टीबीच मनासिब सहमति कायम राखिराख्ने र शान्ति सम्झौताका यावत् कुराहरूलाई पूरा गर्ने प्रयास नहुनाले त्यस असन्तुष्टिलाई बढाउने काम गर्यो। जुन आपसी विश्वासले गर्दा त्यो सम्झौता हुन सकेको थियो त्यसको परिपालनाका निम्ति त्यस विश्वासलाई बढाउँदै लैजानुपर्नेमा झनै उल्टो हुँदै गयो। पार्टीहरू सम्झौतालाई पूरा गराउनुपर्ने आआफ्ना जिम्मेवारीबाट पन्छिन थाले। नि:सन्देह, अहिले सरकारले पहल गर्नुपर्ने बेला छ र मूलधारका पार्टीहरूले पनि माओवादीका विवेकसम्मत कुराहरू सुन्नुपर्ने हुन्छ अनि प्रजातान्त्रिक सिद्धान्तहरूप्रति प्रतिबद्ध रहँदै संविधानसभाका विरोधीहरूसित सुझबुझका साथ भिड्नुपर्छ। सरकार तथा यसमा सहभागी पार्टीहरूले निम्न कार्यहरू गर्नुपर्दछ : माओवादीलाई फेरि सरकारमा ल्याउने प्रयास जारी राख्ने; पार्टीगत हिसाबमै भए पनि राष्ट्रव्यापी रूपमा चुनाव प्रचार गर्ने र त्यसो गर्दा शान्ति तथा संवैधानिक परिवर्तनको साझा मुद्दामा जोड दिने। कुनैकुनै राजनीतिज्ञहरूले भित्रभित्रै खोजे जस्तो सदस्यहरूबाट नभई निर्वाचित संविधानसभा नै यस प्रक्रियालाई वैधानिकता प्रदान गर्ने एकमात्र उपाय हो भनी प्रस्ट गराउने; स्वतन्त्र र भयरहित निर्वाचनका निम्ति सुरक्षित वातावरण तयार पार्न सबै पार्टीहरूबीच सुरक्षा योजनाबारे सहमति बनाउनुपर्छ, निर्वाचन नचाहने समूहहरूलाई वार्तामा तान्नुपर्छ, संविधानसभाको कामकारबाही र संविधानसभाको चुनावपछि बन्ने सरकारको कामकारबाही तथा सम्पूर्ण साझेदारहरूको भूमिका कसरी सुनिश्चित गर्ने त्यसबारे छलपल गर्नुपर्छ; बृहत् शान्ति सम्झौताको परिपालना गराउने र सोका लागि पार्टीहरूले गरेका प्रतिबद्धता पूरा भए नभएको हेर्न सबैको सहमतिमा एउटा संयन्त्र तयार पार्ने; सुरक्षा क्षेत्रमा सुधार ल्याउने र त्यसका लागि प्रहरीको जिम्मेवारी साथै उनीहरूप्रति जनविश्वास जगाउने अल्पकालीन उपायहरू अपनाउने अनि राष्ट्रिय र माओवादी सेनाको भविष्यसमेतलाई ध्यानमा राखी दीर्घकालीन योजनाहरूबारे छलफल अघि बढाउने; शिविरहरूमा रहेका माओवादी लडाकाहरूप्रति संवेदनशील भएर व्यवहार गर्ने, भत्ता र सुविधाबारे उठेका विवादहरूलाई सुल्झाउने, यस्ता विषयमा र फेरि थालिएको लडाकाहरूको प्रमाणीकरणको प्रक्रियामा सहयोग पुर्याउने; दण्डहीनताको समस्यालाई हेर्ने (उदाहरणका लागि, बेपत्ता पारिएकाहरूबारे छानबिन गराउने र सङ्क्रमणकालीन न्यायबारे सच्चा परामर्श थाल्ने) र न्यायपालिकाप्रति तथा राष्ट्रिय मानवअधिकार आयोग जस्ता संस्थाहरूप्रतिको विश्वास पुन: प्राप्त गर्ने (माओवादीहरूले चलाएका समानान्तर जनअदालतहरू बन्द गर्ने); यसका लागि अन्तर्राष्ट्रिय समुदायले निम्न कार्य गर्नुपर्छ : शान्ति प्रक्रिया तथा निर्वाचनलाई सघाउने र अनुगमन-कर्ताहरूका माध्यमबाट व्यावहारिक सहयोग प्रदान गर्ने, साथै सबै राजनीतिक पक्षहरूलाई, खासगरी माओवादीहरूलाई शान्ति प्रक्रियामा बाधा पुर्याउनाले अन्तर्राष्ट्रिय मान्यता गुम्न सक्छ भनी सचेत गराउने; बृहत् शान्ति सम्झौताको भावनाअनुरूप रहेर मात्रै विकास सहयोग उपलब्ध गराउने, त्यसको अर्थ नेकपा (माओवादी) लाई वैधानिक राजनीतिक पक्षका रूपमा स्वीकार गर्दै उनीहरूलाई सुरक्षा क्षेत्रको सुधार र राजनीतिक प्रशिक्षणका साथै दातृसंस्थाहरूको कार्यक्रमहरूमा संलग्न गराउने; अन्तर्राष्ट्रिय समुदायले आन्तरिक राजनीतिक समस्याहरूको समाधान गर्न सक्छ भन्ने अपेक्षा नजगाईकनै पार्टीहरूले आग्रह गरेको अवस्थामा सहमतिको खोजी गर्न सहजकर्ताको भूमिका खेल्न तयार रहने । काठमाडौँ/ब्रसेल्स, २८ सेप्टेम्बर २००७ Download pdf to continue reading the full report I. Overview A Maoist walk-out from government on 18 September 2007 and mainstream political parties’ intransigence are threatening elections for Nepal’s Constituent Assembly (CA) scheduled for 22 November. Although a compromise to bring the Maoists back on board is possible, the heightened tensions add to longstanding problems including weak political will, poor governance and security, and continued claims for representation by marginalised groups. The Maoists could contest elections from outside government but polls without their participation would be meaningless, and they retain the capacity to make the country ungovernable if they oppose the process. Critical elements of the 2006 peace deal, such as security sector reform, remain to be tackled, while implementation and monitoring of past agreements have been minimal. Primary responsibility for steering the process lies with the mainstream parties, which need to demonstrate coherence, commitment and a will to reform their own behaviour if lasting peace is to be established. Parties have started emphasising the importance of the election, and increased signs of commitment from most have added momentum to a process which had been suffering from dangerous drift. At the same time, the formerly confident Maoists have shown increasing nervousness at facing the electorate. Maintaining a sense of purpose, especially through nationwide campaigning, will increase public confidence and leave less room for spoilers to manoeuvre. Opponents of the process, especially royalists alarmed at the growing republican consensus, are desperate to derail it but have a chance only if the major parties are weak and divided. Several armed groups have vowed to disrupt the election; mid-September communal violence following the killing of a former vigilante leader left around two dozen dead and illustrated how easily a fragile situation can tilt into dangerous unrest. More serious violence is a real risk. An election postponement will only reduce such dangers if major parties agree on urgent, substantive steps to address the grievances and governance failings that have fostered recent unrest. Failing this, further delays will only make solutions harder to find and invite unhelpful recrimination and finger-pointing. The November 2006 Comprehensive Peace Agreement (CPA) was never as comprehensive as its name implied, and it has been undermined by limited implementation and monitoring. Maoist discontent is partly a result of exaggerated expectations but has been exacerbated by the lack of effort on all sides to build genuine eight-party consensus and fulfil all parts of the peace deal. The mutual confidence that enabled the agreement to be reached had to increase to ensure its implementation; instead it has decreased in many areas, with parties unwilling to recognise their shared responsibilities to make it work. The ball is in the government’s court, with the mainstream parties needing to address reasonable Maoist concerns, hold firm to democratic principles and take sensible steps to engage CA opponents. The government and its constituent parties should: sustain efforts to bring the Maoists back on board; start nationwide electoral campaigning, on a party basis but also emphasising a common agenda of peace and constitutional change, recognising unambiguously that an elected assembly, not the appointed body some politicians have quietly sought, is the only way to guarantee the process’ legitimacy; create a secure environment for free and fair polls by reaching cross-party consensus on security plans, engaging groups opposed to the polls in dialogue, and discussing the functioning of post-poll government and the CA, including how to guarantee roles for all stakeholders; develop mutually agreed mechanisms to implement the CPA and monitor parties’ fulfilment of their commitments; take on security sector reform, with both short-term measures to boost local accountability and trust in the police and by moving forward discussion of longer-term plans, including the future of the national and Maoist armies; deal sensibly with Maoist fighters in cantonments, resolving disputes over allowances and facilities and building on cooperation in these areas and the now resumed combatant verification process; and tackle impunity (for example, acting on disappearances while starting a genuine consultation on broader transitional justice issues) and restore trust in the judiciary (including by the Maoists stopping parallel people’s courts), and in institutions such as National Human Rights Commission. The international community should: support the peace process and the elections, including by giving practical help through monitors and reminding all political actors, especially the Maoists, that obstructing progress will cost them international legitimacy; offer development assistance only in accordance with the spirit of the CPA, which includes recognising the Maoists’ party, the CPN(M), as a legitimate political actor (and part of the government, should it rejoin) and engaging it in donor programs, including in security sector reform and political training; and without raising expectations that it can resolve domestic political difficulties, be prepared to offer good offices to facilitate consensus if requested by the parties. Kathmandu/Brussels, 28 September 2007 Related Tags More for you Op-Ed / Asia Oli’s Power Grab Endangers Nepal’s Fragile Democratic Transition Report / Asia Nepal’s Divisive New Constitution: An Existential Crisis